मनाङमा आगो आउने क्षेत्रमा आगो लगाएर नियन्त्रण गर्दै

मनाङमा आगो आउने क्षेत्रमा आगो लगाएर नियन्त्रण गर्दै

ago mustang

मनाङ जिल्लामा लागेको आगो पुर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । अग्नि रेखा तयार गरी आगो आउने क्षेत्रमा आगो लगाएर आगो नियन्त्रण गरिएको छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना ,सशत्र प्रहरीबल र नेपाल प्रहरीले डढेलो नियन्त्रण लिएका थिए ।

आगो नियन्त्रण गर्न सम्पुर्ण जिल्ला आगो नियन्त्रणमा लिन जिल्लाका सम्पूर्ण संयन्त्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

हिमाली क्षेत्रमा बिरुवा उम्रन समय लाग्छ । उम्रिए जोगाउनै हम्मेहम्मे पर्ने जिल्लामा स्थानीयवासीले दुःख गरेर जोगाएका वनमा आगो लाग्न थालेको डेढमहिना भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds