माेदीले भेटेनन् ज्ञवालीलाई, नेपालकाे कुटनीति गुप्तचर संस्थाले नै चलाउनसक्छ भन्ने बुझाई

माेदीले भेटेनन् ज्ञवालीलाई, नेपालकाे कुटनीति गुप्तचर संस्थाले नै चलाउनसक्छ भन्ने बुझाई

pradip kumar gyawali

नेपालले भारतीय पक्षलाई महत्त्व दिए पनि भारतीय पक्षले नेपाली पक्षलाई खासै महत्त्व नदिएको पाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत पनि मोदीले भेट नदिनुले त्यो कुरा पुष्टि गरेको छ ।

जब कि नेपालमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोलदेखि सेनाप्रमुख र विदेश सचिवलाई समेत प्रधानमन्त्री तथा राष्ट्रपतिले भेटको अवसर दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई छिमेकी मुलुक आकारका हिसाबले सानाठूला भए पनि समान हैसियत भएका र समान व्यवहारको अपेक्षा गर्ने बताइरहँदा भारतीय पक्षले भने त्यसलाई बेवास्ता गरेको छ ।

भारतीय पक्षले नेपाली प्रतिनिधि मण्डलले उठाएका सीमा विवादलगायत विषयलाई पनि संयुक्त छलफलको विषय बनाएको छैन । जबकि पछिल्लो समय दुई देशबीच देखिएको चिसोपनको मुख्य कारण सीमा विवाद नै हो र पछिल्ला भ्रमण र संवादले भारतीय पक्ष नेपालसँग सीमा विवादका विषयमा छलफल गर्न तयार हुने अपेक्षा गरिएको थियो ।

पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय प्रधानमन्त्री ओलीले रअ प्रमुखलाई बालुवाटारमा स्वागत गरेपछि यस्तो अवस्था आएको बताउँछन् । ‘प्रधानमन्त्रीको रअ प्रमुखसँगको भेटले नेपाल एउटा मार्गचित्रमा गइसकेको छ । कूटनीतिमा मर्यादाको अर्थ हुन्छ,’ उनी भन्छन्, ‘नेपालको कूटनीतिलाई गुप्तचर संस्थाले नै चलाउँछ भने राजनीतिक र कूटनीतिक हिसाबले किन दुःख गर्ने भन्नेमा भारत गएको देखिन्छ ।’

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ