रिले दोहोरीतर्फ सम्भवतः व्यवसायिक रुपमा झण्डै दर्जन गायक-गायिका समेटेर पहिलो पटक तयार पारिएको गीत हो के खाइदेको छु र ? पोखरेली सर्जक साहिल गायकले नौलो र फरक शैलीमा यो गीत सार्वजनिक गरेका छन् ।
लाईभ रिले दोहोरी गाए पनि यो खाले गीत नेपाली लोकमा लगभग पहिलो पटक नै रहेका प्रस्तुतकर्ता साहिलको ठम्याई छ । बिजय परियार, मिलन बि।क, शाहिल गायक, दिपिका जेनि, सुनिल गायक, लक्ष्मि बोहोरा, भिमराज परियार, कल्पना आले, कृष्णप्रसाद गौतम र पबित्रा काफ्लेको स्वरमा रहेको गीतमा नारायण भट्टराईको आफ्नै शब्द संगीत रहेको छ ।
नमस्ते पोखरा स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतको म्यूजिक एरेन्ज पनि शाहिल आफैले गरेका छन् । नेत्र गुरुङले निर्देशन, सम्पादन र सिनेमाटोग्राफी गरेका छन् । सबिन गायकको डिजाइन रहेको छ ।