गण्डकी प्रदेश सरकारले कोभिड – १९ तथा अन्य कुनै पनि स्वास्थ्य समस्या भएमा चिकित्सक तथा मनोसामाजिक परामर्शदातासंग सोझै कुरा गर्न मिल्न गरी ‘हेलो डाक्टर’ सेवा संचालन गरिरहेको जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले पैसा नलाग्ने टोल फ्री नं. १०९२ मा फोन सम्पर्क गरी यो सेवा लिन सक्ने व्यवस्था मिलाएको हो ।
विहान ९ बजे देखि बेलुका ५ बजेसम्म चिकित्सक तथा मनोसामाजिक परामर्शदाताले विभिन्न शारीरिक तथा मानसिक समस्या र यसको उपचार तथा व्यवस्थापनबारे निःशुल्क रुपमा सेवा प्रदान गर्दै आइरहेको जनाइएको छ ।
साथै, कोभिड १९ सम्बन्धी लक्षण तथा परीक्षण र उपचारका लागि अस्पतालमा उपलब्ध बेड, आइ।सी।यू तथा भेन्टिलेटर संख्या आदिबारे समेत यस सेवामार्फत जानकारी लिन सकिने भएको छ ।