एक बोरा गाँजासहित लुम्लेका २ युवक जिरो किमीबाट पक्राउ

एक बोरा गाँजासहित लुम्लेका २ युवक जिरो किमीबाट पक्राउ

bora

पोखरा । झण्डै एक बोरा गाँजासहित कास्की अन्नपूर्ण गाउँपालिका लुम्लेका दुई युवक पोखराबाट पक्राउ परेका छन् । गाँजा बोरामा राखेर स्कुटरमा ओसारपसार गर्ने उनीहरु अन्ततः प्रहरी फन्दामा परेका हुन् ।

पोखरा ५ जिरोकिमीमा जिल्ला प्रहरी कास्की र वडा प्रहरी बैदामको टोलीले चेकजाँच गर्ने क्रममा अन्नपूर्ण ७ लुम्ले घर भई पोखरा ५ मालेपाटन बस्ने ३९ वर्षीय सन्तोष बिकको कोठाबाट गाँजा फेला पारी नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

उक्त कार्यमा संलग्न स्कुटर चालक कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. १० घर भई हाल पोखरा २९ बस्ने २५ वर्षीय सूर्य सुनारलाई स्कुटर सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ