पोखरा – मंगलबार पोखराका ३१ सहित गण्डकीमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका ३१४ जनामा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो।
आज पुष्टि भएका संक्रमित गण्डकीका ४ जिल्ला कास्की, स्याङ्गजा, पर्वत र म्याग्दीका छन् ।जस अनुसार कास्कीको पोखरा महानगरका ३१ जना, स्याङ्गजाका १ जना, पर्वतका १ जना र म्याग्दी जिल्लाका २ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार २ सय २४ पुगेको छ, जसमा ४५७ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ४४ जना कोरोनामुक्त भएका छन् । यो संगै, गण्डकीबाट अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या १४ हजार ५ सय ६८ पुगेको छ भने, हालसम्म १९९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भैसकेको छ ।