बाइडेनले आज सपथ लिएर अमेरिकाकाे बागडाेर सम्हाल्दै

बाइडेनले आज सपथ लिएर अमेरिकाकाे बागडाेर सम्हाल्दै

biden trump

Getty images

एजेन्सी । विश्वकाे महाशक्ती राष्ट्र अमेरिकाकाे बागडाेर आजदेखि जाेय वाइडेनले सम्हाल्दै छन् । बहालवाला राष्ट्रपति डाेनाल्ड ट्रम्पका समर्थकले गर्न सक्ने हिंसालाई मध्यनजगर गरेर पुरै देशकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ । ह्वाइट हाउस र संसद भवनलाई सेनारले सुरक्षा घेरामा राखेका छन् ।

अमेरिकी इतिहासमै अराजक राष्ट्रपतिका रुपमा दर्ज भएका ट्रम्पकाे शासन आजबाट अन्त्य हुँदैछ । तर ट्रम्पले फेरि राष्ट्रपति बन्ने खालकाे सम्बाेधन गरेका छन् ।

ट्रम्पले आफ्नो अन्तिम अर्थात बिदाई सम्बोधनमा आफूले वाचा अनुसार वा त्यो भन्दा बढि काम गरेको बताएका छन् । ह्वाइट हाउस छोड्नु पूर्वको सम्बोधनमा ट्रम्पले भनेका छन्, ‘हामी जे गर्नका लागि आएका थियौँ त्यो गर्‍यौँ, र त्यो भन्दा धेरै गर्‍यौँ ।’

ट्रम्पले केहीदिन अघि नै रेकर्ड गरेको भिडियो सम्बोधन मंगलबार युट्युबमा पोस्ट गरिएको हो । उनले भनेका छन्, ‘मैले अति कठीन युद्ध लडेँ, गाह्रो संघर्ष गरेँ… किनकी तपाईँहरुले मलाई त्यसकै लागि निर्वाचित गर्नु भएको थियो ।’

ट्रम्पले गएको नोभेम्बर ३ मा भएको चुनावको नतिजा अझै पनि पूर्णरुपमा स्वीकार गरेका छैनन् । सो चुनावमा उनी जो बाइडेनसँग पराजित भएका थिए । राष्ट्रपतिका रुपमा ट्रम्पको अन्तिम दुई हप्ता निन्दा र आलोचनाको घेरामा रह्यो अरु समयको भन्दा । उनको उक्साहटमा समर्थकहरुले नतिजा उल्ट्याउने प्रयास स्वरुप जनवरी ६ मा संसद भवनमा हिंसात्मक आक्रमण गरे ।

सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गयो । हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रोपटक महाअभियोग लागेको छ । ट्रम्पले भिडियो सम्बोधनमा भनेका छन्, ‘हामीले अमेरिकीका रुपमा गर्व गर्ने सबै कुरामाथिको आक्रमण हो राजनीतिक हिंसा ।’

सम्बोधनमा ट्रम्पले आफूपछि सत्ता सम्हाल्न आउँदै गरेको जो बाइडेनको नाम लिएका छैनन् । आफ्नो प्रशासनले विश्वकै इतिहासमा बलियो अर्थतन्त्र निर्माण गर्न सफल भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘हाम्रा एजेण्डाहरु वामपन्थ वा दक्षिण पन्थ, रिपब्लिकन वा डेमोक्र्याटका लागि थिएनन्, देशको हितका लागि थिए । पूरै देशका लागि ।’

ट्रम्प अमेरिकी इतिहासमै सबैभन्दा ‘अनपपुलर’ (अप्रुभल रेट मात्रै ३४ प्रतिशत) राष्ट्रपतिका रुपमा बिदा हुँदै छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ