Gandak News
Our News Your Views

बुधबार पोखराका २७ सहित गण्डकीमा ४० जनामा कोरोना संक्रमण, थप तीनजनाको मृत्यु पुष्टि

पोखरा – बुधबार पोखराका २७ सहित गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार आज गण्डकीका २७५ जनामा गरिएको परीक्षणमा थप ४० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित गण्डकीका चार जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका २७, तनहुँका १०, पर्वतका १ र बाग्लुङ जिल्लाका २ जना छन् ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार दुई सय ६४ पुगेको छ । जसमा ४५५ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ३९ जना कोरोनामुक्त भएका छन् । यो संगै, गण्डकीबाट कोरोनामुक्त हुनेको संख्या १४ हजार ६ सय सात पुगेको छ ।

बुधबार पनि गण्डकीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ  ।

मृतकहरु नवलपुर जिल्ला गैंडाकोट नगरपालिका -१३ निवासी ५५ वर्षीय पुरुष, पोखरा महानगरपालिका -२९ निवासी ३५ वर्षीया महिला र स्याङ्गजा जिल्ला बिरुवा -५ निवासी ७० वर्षीया महिला छन् । आज थप भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०२ पुगेको निर्देशनालयले जनाएको छ । 

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस