पोखरा – पोखरामा होटलमा बसेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
पोखरा महानगरपालिका -१८ सेदी स्थित चारगोलको कोठा नं -१०२ मा बसेका पोखरा -१७ छोरेपाटन बस्ने ४३ वर्षीय ईश्वर गुरुङ मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार राती १० : ३० बजेको समयमा होटलमा बस्न आएका उक्त पुरुष शुक्रबार बिहान अबेरसम्म नउठेपछि होटल संचालकले हेर्दा कोठामा मृत अवस्थामा भेटिएका हुन् ।
घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलिले घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको जनाएको छ ।