शुक्रबार पोखराका ५० सहित गण्डकीमा थप ७३ जनामा कोरोना पुष्टि, ६४ जना कोरोनामुक्त

शुक्रबार पोखराका ५० सहित गण्डकीमा थप ७३ जनामा कोरोना पुष्टि, ६४ जना कोरोनामुक्त

corona covid gandaki

पोखरा – शुक्रबार पोखराका ५० सहित गण्डकीमा थप ७३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार आज गण्डकीका ४५७ जनामा गरिएको परीक्षणमा थप ७३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टी भएका संक्रमित गण्डकीका ६ जिल्लाका छन् ।जसअन्तर्गत  कास्कीको पोखरा महानगरपालिकाका ५० जना, तनहुँका ४ जना, लमजुङका १ जना, पर्वतका ४ जना र म्याग्दी जिल्लाका ४ जना छन् ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ३३८ पुगेको छ । जसमा ४६४ सक्रिय संक्रमित छन् ।

पछिल्लो ४८ घन्टामा गण्डकीबाट ६४ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या १४ हजार ६ सय ७१ पुगेको छ भने, पोखरा महानगरपालिका -१ निवासी २५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ ।

हालसम्म गण्डकीमा कोरोना संक्रमणकै कारण १०२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ