२४ घण्टामा २३२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

२४ घण्टामा २३२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

death body corona

पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ९१ जना महिला र १४१ जना पुरुष रहेका छन् ।

२४ घण्टामा ३ हजार ५४१ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ३८ हजार ८४२ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ३८६ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९९४ छ । साथै काठमाडौं उपत्यकामा १०९ जना कोरोना संक्रमित थपिएका छन् ।

२४ घण्टामा संक्रमित हुनेमा ४९ महिला र ६० जना पुरुष रहेका छन् । काठमाडौंमा ८०, ललितपुरमा २० र भक्तपुरमा ९ जना कोरोना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ