आइतबार पोखराका २३ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि, ४२ जना कोरोनामुक्त

आइतबार पोखराका २३ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि, ४२ जना कोरोनामुक्त

Gandaki pradesh map 1

पोखरा – आइतबार पोखराका २३ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका १०५ जनामा गरिएको परीक्षणमा थप ३६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित गण्डकीका चार जिल्ला कास्की, पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाका छन् । जस अन्तर्गत कास्कीको पोखरा महानगरमा २३ जना, पर्वतमा २ जना, बाग्लुङमा ८ जना र म्याग्दी जिल्लाका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ३ सय ७४ पुगेको छ, जसमा ५५८ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो ४८ घन्टामा गण्डकीबाट ४२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या १४ हजार ७सय १३ पुगेको छ भने, कोरोना संक्रमणकै कारण गण्डकीमा हालसम्म मृत्यु हुनेको संख्या २०३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ