मनाङ नासो गाउँपालिकाको थोचेमा मंगलबार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगोले बृहत् रुप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो । टोलीलाई मानव बस्ती जोगाउन हम्मेहम्मे परेको छ । मानव बस्ती भएको वडा नं. ६ र ७ को तिल्चेनजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोंचे खतरामुक्त रहेको छ ।
आगो मानव बस्तीनजिकै आइपुगेकाले नियन्त्रणमा लिने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको उहाँले बताउनुभयो । उनले प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीय मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेको बताए ।
आगो मानव बस्तीबाट एक सय मिटर नजिकै आइपुगेकाले नियन्त्रणमा लिने प्रयास भइरहेको प्रजिअ लामीछानेको भनाई छ । उनले भने ‘सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरेका छन् ।’
भिरालो भौगोलिक बनावटका कारण आगो नियन्त्रणमा लिन कठिन भएको प्रजिअ लामीछानेले बताए । थोचे, तिल्चे र ताचैको वनमा आगो दन्कन थालेपछि आफूहरु त्रसित भएको तिल्चेका स्थानीय श्रीमाया घलेले बताइन् ।
मंसिर ११ गतेदेखि लागेको आगो नियन्त्रणमा आएपनि फेरि आगो लागेपछि स्थानीय जंगल जलेर सकिने हो कि भन्ने चिन्तामा छन् । आगलागी के कति कारणले भयो भन्ने एकिन हुन सकेको छैन ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन