मनाङ नासो गाउँपालिकाको थोचेमा मंगलबार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगोले बृहत् रुप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो । टोलीलाई मानव बस्ती जोगाउन हम्मेहम्मे परेको छ । मानव बस्ती भएको वडा नं. ६ र ७ को तिल्चेनजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोंचे खतरामुक्त रहेको छ ।
आगो मानव बस्तीनजिकै आइपुगेकाले नियन्त्रणमा लिने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको उहाँले बताउनुभयो । उनले प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीय मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेको बताए ।
आगो मानव बस्तीबाट एक सय मिटर नजिकै आइपुगेकाले नियन्त्रणमा लिने प्रयास भइरहेको प्रजिअ लामीछानेको भनाई छ । उनले भने ‘सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरेका छन् ।’
भिरालो भौगोलिक बनावटका कारण आगो नियन्त्रणमा लिन कठिन भएको प्रजिअ लामीछानेले बताए । थोचे, तिल्चे र ताचैको वनमा आगो दन्कन थालेपछि आफूहरु त्रसित भएको तिल्चेका स्थानीय श्रीमाया घलेले बताइन् ।
मंसिर ११ गतेदेखि लागेको आगो नियन्त्रणमा आएपनि फेरि आगो लागेपछि स्थानीय जंगल जलेर सकिने हो कि भन्ने चिन्तामा छन् । आगलागी के कति कारणले भयो भन्ने एकिन हुन सकेको छैन ।
सम्बन्धित खबर
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
बजेट अभावले रोकिए स्याङ्जा–कास्कीका ७४ खानेपानी आयोजना
यो पनि पढौँ
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला