शुक्रबार पोखराका १९ सहित गण्डकीमा थप २८ जनामा कोरोना पुष्टि, ५३ जना कोरोनामुक्त

शुक्रबार पोखराका १९ सहित गण्डकीमा थप २८ जनामा कोरोना पुष्टि, ५३ जना कोरोनामुक्त

Gandaki covid corona 2

पोखरा – शुक्रबार पोखराका १९ सहित गण्डकीमा थप २८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका ११३ जनामा गरिएको परीक्षणमा थप २८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित गण्डकीका पाँच जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका १९ जना, तनहुँका २ जना, लमजुङका १ जना, बाग्लुङका २ जना र म्याग्दी जिल्लाका ४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ५०६ पुगेको छ । जसमा सक्रिय संक्रमित ४०९ छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ५३ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या १४ हजार ८ सय ९४ पुगेको छ भने, हालसम्म प्रदेशमा कोरोना संक्रमणका कारण १०३ जनाले ज्यान गुमाईसकेका छन्  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ