पोखराको पृथ्वीचोक नजिकै ट्याक्सी र बाइक ठोक्कियो, बाइक चालक गम्भिर घाइते

पोखराको पृथ्वीचोक नजिकै ट्याक्सी र बाइक ठोक्कियो, बाइक चालक गम्भिर घाइते

143798590_2899485110310535_6889389094946571411_n

तस्वीरः शिव दाइ

पोखराको पृथ्वीचोकदेखि नागढुङ्गातर्फ जाने सडकखण्डमा हिमालयन पेट्रोल पम्प अगाडि ट्याक्सी र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।

राति साढे ८ बजेतिर ग१६प २८७३ नम्बरको मोटरसाइकल र ग १ ज ४५४९ नम्बरको ट्याक्सी एकआपसमा ठक्कर खाएको हो । मोटरसाइकल चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको यो समाचार तयार पार्दासम्म परिचय खुलेको छैन ।

घाइते चालकलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको छ । ट्याक्सीसहित चालक र मोटरसाइकल भने ट्राफिक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

दुर्घटना बारे थप अनुसन्धान भइरहेको कास्की ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटना हुनाको कारण भने अझै खुलेको छैन । प्रत्यक्षदर्शीका अनुसार सवारीहरु तीब्र गतिमा थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ