त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ ।शनिबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले पहिलो उपाधि जितेको हो । विजेता आर्मीले १० लाख र उपविजेताले एपिएफले ५ लाख रुपैयाँ पाएका छन् । अन्तिम चार रन जोड्न ४ विकेट गुमाएपछि एपिएफ पराजित हुन पुगेको हो ।
जितका लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । एपिएफका ओपनर आशिफ शेखले ७१ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । आशिफको जारी प्रतियोगितामा तेस्रो अर्धशतक हो ।
आर्मीले पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । सशस्त्र दोस्रो संस्करणमा फाइनलमा आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करणमा आर्मी नेपाल पुलिस क्लबसँग ४ विकेटले पराजित भएको थियो ।
एपीएफ क्लबका कमलसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी
प्रतियोगितामा औसत प्रदर्शन गरेका एपीएफ क्लबका कमलसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । उनले ५० हजार पुरस्कार प्राप्त गरे । उनको नाम धेरैका लागि नयाँ रह्यो ।
प्रतियोगितामा हेर्दा एपीएफ तीव्र गतिका बलर अभिनाष बोहरा १४ विकेटसहित शीर्ष स्थानमा छन् भने ब्याटिङतर्फ सर्वाधिक रन बनाएका पृथु बास्कोटा ब्याटिङतर्फ शीर्ष स्थानमा छन् । उनको टोली सेमिफाइनलसम्म पनि पुगेको थियो ।
आर्मीका जितेन्द्र मुखिया फाइनल म्यान अफ दि म्याच घोषित भए । उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीका रुपमा प्रदेश नम्बर २ का विवेक यादव पुरस्कृत भए ।
उत्कृष्ट बलर साहब आलम भए भने उत्कृष्ट ब्याट्सम्यानबाट बागमती प्रदेशका पृथु बास्कोटाले पुरस्कार पाए । उदीयमान खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले समान २५–२५ हजार प्राप्त गरे ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो