राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक भएको छ। केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।यसअघि आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो।
प्रकाशित नतिजा अनुसार ४ लाख २१ हजार ७ सय ८० जना पास भएका छन् । १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ। कुल ४ लाख ३३ हजार २ सय ७१ परिक्षार्थी सहभागी थिए ।
वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन भएको थियो। बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।
कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको हो।
नतिजापछि विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ।
परीक्षाफल यसरी हेर्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डबाट
नेपाल टेलिकमबाट
सम्बन्धित खबर
काठमाडौंमा होटल खोज्न सहयोग गरिदिने भन्दै पर्यटकहरूलाई लुटपाट गर्ने ३ जना पक्राउ
डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै कुटपिट
आज देशभरको मौसम कस्तो रहन्छ?
सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता, अझै ३४ अर्बभन्दा बढी फिर्ता हुन बाँकी
मनोज भेटवाल हाजिर जमानीमा रिहा
भारतबाट ७ जना नेपाली बालकको उद्धार
यो पनि पढौँ
पोखराका मेयरलाई राजीनामा दिन सुझाव, जनता भन्छन् – ‘माखो मार्नुभएन, जिरो पर्सेन्ट काम, वडाध्यक्ष जति पनि छैन’
पोखराको लेकसाइडबाट ८ बालिकाको उद्धारः तीन स्पा सेन्टर कारबाहीमा
पोखरा महानगरपालिकाले सार्वजनिक सुनुवाइमा सहभागी हुन जारी सन्देशमा सदस्यहरू छुटाएपछि चार सदस्यको विमति
बाल प्रतिभा आवासीय माविमा विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न