मंगलबार गण्डकीमा २६ जनामा कोरोना पुष्टि, १६ हजार २७० जनाले लगाए कोरोना विरुद्धको खोप

मंगलबार गण्डकीमा २६ जनामा कोरोना पुष्टि, १६ हजार २७० जनाले लगाए कोरोना विरुद्धको खोप

Corona update 3

पोखरा – मंगलबार पोखराका २५ सहित गण्डकीमा थप २६ जनामा कोरोना पुष्टि भएको छ ।

आज गण्डकीका १९९ नमुना परीक्षण गर्दा थप २६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज पुष्टि भएका संक्रमित गण्डकीका दुई जिल्ला कास्की र बाग्लुङका छन् । जसमध्ये कास्कीको पोखरा महानगरका २५ जना र बाग्लुङ जिल्लाका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ५ सय ९१ पुगेको छ । जसमा ३८९ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट २५ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ९९९ पुगेको छ ।

हालसम्म गण्डकीमा कोरोना संक्रमणकै कारण २०३ जनाले ज्यान गुमाईसकेका छन् भने, गण्डकीमा मंगलबारसम्म १६ हजार २७० जनाले कोरोना विरुद्धको खोप लगाएको निर्देशनालयले जानकारी दिएको छ  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ