रक्सी खाने पैसा नभएपछि आफ्नै घरमा चोरी ! तीन जना पक्राउ

रक्सी खाने पैसा नभएपछि आफ्नै घरमा चोरी ! तीन जना पक्राउ

police salyan

सल्यान । मादक पदार्थ सेवन गर्ने पैसा नभएपछि सल्यानमा आफ्नै घरमा चोरी गर्ने दुई जनासहित मतियार गरी तीन जना पक्राउ परेका छन्।

सल्यान दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा दार्मा गाउँपालिका-२ मेलटाकुरीका २८ वर्षीय लाल बहादुर सुनार, बनगाड कुपिण्डे नगरपालिका-५ को २७ वर्षीय मेघराज साहु र चोरीका गरगहना किन्ने सिद्ध कुमाख गाउँपालिका-३ ढोरचौरमा सुन पसल गर्दै आइरहेका ३० वर्षीय वीर बहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सुनारले ६ आनाका सुनका कानमा लगाउने बाली, १५ हजार रुपैयाँ बराबरको मोबाइल र साहुले एक तोला सुनको सिक्री, एक तोलाकै सुनको बाला, नागरिकताको प्रमाण पत्र र लत्ताकपडा चोरी गरेको प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गर्न परिवारले पैसा नदिएपछि आफ्नै घरमा चोरी गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए। पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका भइरहेको उनको भनाए छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ