काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले हाररजितको ठूलो महत्त्व रहेको भन्दै नेपाल कहिले पनि नहारेको देश रहेकाले खेल पनि जितका लागि खेल्न आग्रह गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले मङ्गलबार काठमाण्डौमा गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, लडाइँमा नहार्ने देश यत्रा–यत्रा डल्लासँग किन हार्ने ? खेल भन्या के हो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो, त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्भु र भारत्तोलन, किन हार्ने ?
अशान्ति जित र हारका आधारमा हुने भन्दै ओलीले भने- ‘प्रतिनिधि सभा भङ्ग भइसक्यो चुनाव हुन लागिसक्यो, हुनुहुँदैन भनेर कराइरहेका छन्, त्यो जितका लागि हो ।’ उनले जीतका लागि अति आवश्यक, अपरिहार्य र न्यूनतम आवश्यकता परिपूर्ति गर्ने गरि सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पछिल्लो समय आवश्यक सामान किन्नका लागि नभइ राम्रो देखिएको सामान किन्नका लागि ‘शपिङ’ मा निस्कने चलन देखिएको भन्दै उनले भने– चाहिएको कपडा, सामान किन्नका लागि होइन, राम्रो देख्यो उठायो । सरकारले शपिङका लागि होइन, चाहिएको सामान किन्नका लागि सहयोग गर्न सक्छ । गच्छेअनुसारको सहयोग गर्छ । आउँदो वर्ष पहिलेको बजेटभन्दा बढेर आउँछ ।
सम्बन्धित खबर
आलमलाई सफाइ दिने फैसलाविरुद्ध सरकार पक्षबाट सर्वाेच्चमा पुनरावेदन
शेखरलाई विद्याले भनिन्- देशका लागि मिलेर केही गरौँ, सहयोग पाउने आशामा छु
आफ्नै पार्टीको गठबन्धन भत्काउन शेखर अग्रमोर्चामा, प्रधानमन्त्री बन्ने चक्करमा पार्टी फुटाउन उद्धत, विद्या, प्रचण्ड र माधवको साथ !
विद्या भण्डारी विधान महाधिवेशनमा प्रतिनिधि बन्नबाटै वञ्चित
एमालेमा ७० वर्ष उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन
श्रमिकको न्यूनतम तलब बढ्यो, अब १९ हजार ५५० रुपैयाँ
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ