काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले हाररजितको ठूलो महत्त्व रहेको भन्दै नेपाल कहिले पनि नहारेको देश रहेकाले खेल पनि जितका लागि खेल्न आग्रह गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले मङ्गलबार काठमाण्डौमा गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, लडाइँमा नहार्ने देश यत्रा–यत्रा डल्लासँग किन हार्ने ? खेल भन्या के हो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो, त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्भु र भारत्तोलन, किन हार्ने ?
अशान्ति जित र हारका आधारमा हुने भन्दै ओलीले भने- ‘प्रतिनिधि सभा भङ्ग भइसक्यो चुनाव हुन लागिसक्यो, हुनुहुँदैन भनेर कराइरहेका छन्, त्यो जितका लागि हो ।’ उनले जीतका लागि अति आवश्यक, अपरिहार्य र न्यूनतम आवश्यकता परिपूर्ति गर्ने गरि सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पछिल्लो समय आवश्यक सामान किन्नका लागि नभइ राम्रो देखिएको सामान किन्नका लागि ‘शपिङ’ मा निस्कने चलन देखिएको भन्दै उनले भने– चाहिएको कपडा, सामान किन्नका लागि होइन, राम्रो देख्यो उठायो । सरकारले शपिङका लागि होइन, चाहिएको सामान किन्नका लागि सहयोग गर्न सक्छ । गच्छेअनुसारको सहयोग गर्छ । आउँदो वर्ष पहिलेको बजेटभन्दा बढेर आउँछ ।
सम्बन्धित खबर
बालेन र सुधनलाई ऐन महरको चेतावनी: प्रतिशोधको डोको आफ्नो लागि सुरक्षित राख्नुहोला
ओली र लेखकलाई हिरासतमा राख्न अब म्याद नथप्न सर्वोच्चको परमादेश
फेवातालमा गृहमन्त्रीको जग्गा प्रकरण: आफै ठगिएको गृहमन्त्री गुरुङको जिकिर, जग्गाधनी विरूद्ध कानुनी उपचारमा जाने !
ओली र लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप