पोखरामा बन्दको प्रभाव: चोक-चोकमा प्रदर्शनकारी (तस्वीरहरु)

पोखरामा बन्दको प्रभाव: चोक-चोकमा प्रदर्शनकारी (तस्वीरहरु)

hadtal3

प्रधानमन्त्री केपी शर्मा वलीले गरेको संसद विघटन र संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्ति गरेको भन्दै त्यसको बिरोमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव समूहले आज आम हड्तालको घोषणा गरेको छ । देशभर नै आमहड्तालको प्रभाव परेको छ ।

कास्कीमा निजी केही गाडीहरु चले पनि सार्वजनिक गाडीहरु, विद्यालय, मूख्य बजारका पसलहरु बन्द छन् । विद्यालयहरुले परीक्षा सारेका छन् । उद्योग तथा व्यापारिक केन्द्र बन्द छन् ।

बन्दकर्ताहरुले एम्बुलेन्स, बिरामी बोकेका ट्याक्सी, दूध तथा अत्यावश्यक मालबाहक गाडी, प्रेसका सवारी भने चल्न दिएका छन् ।

पोखरामा बिहानैबाट बन्दकर्ताहरु सडकमा उत्रिएर बाटो रोकेका छन् । प्रदर्शनकारीहरु पोखराका मूख्य चोक चोकमा बसेका छन् । उनीहरुले गाडी चल्न रोक लगाएका छन् । पोखराको महेन्द्रपुल र पृथ्वीचोकमा प्रहरी र बन्दकर्ताबीच सामान्य विवाद भएको थियो । बन्दकर्ताले गुडिरहेको कारलाई लाठी हानेपछि प्रहरीले रोक्न खोजेको थियो ।

कास्की प्रहरी प्रवक्ता सुवास हमालले कास्कीमा अहिलेसम्म कोही पक्राउ नपरेको बताएका छन् । नेकपा प्रचण्ड–माधव समूहले विहान ५ बजेदेखि नै बन्द शुरु भएको बताएको छ । साँझ ६ बजेसम्म बन्द जारी रहने उसले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ