गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा वलीले गरेको संसद विघटन र संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्ति गरेको भन्दै त्यसको बिरोमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव समूहले आज आम हड्तालको घोषणा गरेको छ । देशभर नै आमहड्तालको प्रभाव परेको छ ।
कास्कीमा निजी केही गाडीहरु चले पनि सार्वजनिक गाडीहरु, विद्यालय, मूख्य बजारका पसलहरु बन्द छन् । विद्यालयहरुले परीक्षा सारेका छन् । उद्योग तथा व्यापारिक केन्द्र बन्द छन् ।
बन्दकर्ताहरुले एम्बुलेन्स, बिरामी बोकेका ट्याक्सी, दूध तथा अत्यावश्यक मालबाहक गाडी, प्रेसका सवारी भने चल्न दिएका छन् ।
पोखरामा बिहानैबाट बन्दकर्ताहरु सडकमा उत्रिएर बाटो रोकेका छन् । प्रदर्शनकारीहरु पोखराका मूख्य चोक चोकमा बसेका छन् । उनीहरुले गाडी चल्न रोक लगाएका छन् । पोखराको महेन्द्रपुल र पृथ्वीचोकमा प्रहरी र बन्दकर्ताबीच सामान्य विवाद भएको थियो । बन्दकर्ताले गुडिरहेको कारलाई लाठी हानेपछि प्रहरीले रोक्न खोजेको थियो ।
कास्की प्रहरी प्रवक्ता सुवास हमालले कास्कीमा अहिलेसम्म कोही पक्राउ नपरेको बताएका छन् । नेकपा प्रचण्ड–माधव समूहले विहान ५ बजेदेखि नै बन्द शुरु भएको बताएको छ । साँझ ६ बजेसम्म बन्द जारी रहने उसले बताएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प