नेपाली बालिकालाई भारतमा बलात्कार पछि हत्या गरिएको छ ।१२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो । हत्यापछि मध्यरातमा जबरजस्ती शव जलाइएको आफन्तलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
घटना स्थानीय प्रहरी प्रमुखको मद्दतमा भएको प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोले खुलेको छ। एसपी नविनचन्द्र झाले बिबिसी हिन्दीसँग भनेका छन्, ‘जुन अडियो भाइरल भएको छ त्यसबाट स्पष्ट हुन्छ कि प्रहरी अधिकारी संजिव कुमार रन्जनको लापर्वाही र कर्तव्यहीनता यो घटनामा छ । उनलाई निलम्बन गरिएको छ र अनुसन्धानका लागि उनीविरुद्ध एफआईआर दर्ता हुनेछ।’
२१ जनवरीमा भएको यो घटनाको उजुरी फेब्रुअरी २ मा दर्ता भएको छ । जम्मा ११ जनाका विरुद्ध उजुरी दर्ता भएको छ। जसमध्ये चारजना अभियुक्त विनय साह, दिपककुमार साह, रमेश साह देवेन्द्र कुमार साहमाथि सामूहिक बलात्कार र हत्याको आरोप छ। अन्य सातजना जसमा घरधनी सियारामसाह पनि संलग्न छन् उनीहरुलाई जबरजस्ती शव जलाएर प्रमाण नष्ट गरेको आरोप लगाइएको छ।
यो घटनाको एफआईआर दर्ता भएलगत्तै फेब्रुअरी ५ मा एक अडियो भाइरल भएको छ जसमा २१ जनवरीमा कुन्डवा चैनपुरका चौकी प्रमुख संजिव कुमार रन्जनले एक अभियुक्त रमेश साहसँग कुरा गरेका छन्। उक्त कुराकानीमा रन्जन अभियुत्त रमेशसँग भन्छन्, ‘शवको व्यवस्था गर र केटी चिसोले मरेको कागज बनाउ ।’
एसपी नवीनचन्द्र झाका अनुसार यो घटनामा दुईजना अभियुक्त पक्राउ परेका छन्। अन्यको खोजी भइरहेको छ।
बारबर्दिया नगरपालिकाका प्रवक्ता दुर्गात्रबहादुर बिकले घटना भएको थाहापाएलगत्तै आफूहरुले पीडित परिवारको न्यायका लागि पहल गरिरहेको बताए।
सम्बन्धित खबर
अमेरिकी राष्ट्रपति ट्रम्पले गरे १४ देशको सामानमा करको घोषणा
अमेरिकाको टेक्सासमा बाढीले १३ जनाको मृत्यु
पोर्चुगिज फुटबल खेलाडी लिभरपुल फरवार्ड जोटाको कार दुर्घटनामा मृत्यु
भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता
इरानबाट उद्धार गरिएका भारतीय नागरिकसँगै तीन जना नेपाली पनि भारत आइपुगे
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा