Gandak News
Our News Your Views

आइपिएल अक्सनः नेपालबाट सन्दीप लामिछाने मात्रै छानिए

सन् २०२१ को इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको अक्सनका लागि नेपालका सन्दीप लामिछाने मात्रै छानिएका छन्। नेपाल क्रिकेट संघ ९क्यान०ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरेपनि उनी मात्रै छनौटमा परेका हुन्।

अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ। अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ। सन्दीपले यसअघि आईपीएलको तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन्।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले बिहीवार आईपीएलमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरेको हो।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस