भर्खरै पोखराको न्यूरोडमा दुई स्कुटर जुधे, दुई जना घाइते

भर्खरै पोखराको न्यूरोडमा दुई स्कुटर जुधे, दुई जना घाइते

newroad acc

पोखरा-८ न्यूरोडमा केहिबेर अघि (अपरान्ह ४ बजे) दुई स्कुटर एकआपसमा ठक्कर खाएको छ ।सभागृहचोकबाट चिप्लेढुंगातर्फ जाँदै गरेको स्कुटर ओभरटेक गर्ने क्रममा आपसमा ठक्कर खान पुगेको हो ।

दुर्घटनामा दुवै स्कुटरका चालक घाइते भएका छन् । घाइते भएका युवती र अर्का पुरुषको पहिचान खुलिसकेको छैन । उनीहरुलाई तत्काल ट्याक्सी मार्फत् अस्पताल पठाइएको छ ।

युवतीको अनुहारमा चोट लागेर रक्तश्राव भएको छ भने पुरुषको गोडामा असर परेको छ । कास्की ट्राफिक प्रहरीलाई खबर गरिएको छ ।

ग १८ प ५२७९ नम्बरको स्कुटर पुरुषले चलाएका हुन् भने ग १७ प ९०८ नम्बरको स्कुटर युवतीले चलाएका हुन् । सो स्कुटरमा दुई जना युवती थिए । नर्सरीबाट फूल लिएका उनीहरु विपरित साइडतर्फ मोडिन लागेका थिए । सोहि बेला पुरुषले पनि स्कुटर मोडेका थिए । सँगै अघि बढिरहेका दुई स्कुटर एक्कासी ठोक्किन पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ