एजेन्सी – उत्तर कोरियाका नेता किम जोङ उनकी श्रीमती एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार रि सोल जु श्रीमान् किमसँगै मंगलबार एक कार्यक्रममा उपस्थित भएकी हुन् ।
किमका स्वर्गीय पिता तथा उत्तर कोरियाका पूर्व नेता किम जोङ इलको जन्मोत्सव कार्यक्रममा किमकी श्रीमती रि देखिएकी हुन् । लामो समय रि सार्वजनिक रुपमा नदेखिदा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न शंका व्यक्त गरिँदै आइएको थियो ।
महत्वपूर्ण कार्यक्रमहरुमा नेता किमसँगै देखिने गरेकी रि गत वर्षको जनवरी यतादेखि सार्वजनिक रुपमा देखिएकी थिइनन् । रि को उपस्थितिले उनीमाथि गरिएको गर्भावस्था वा स्वास्थ्य अवस्थाको शंकालाई टारिदिएको छ ।
दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर विभागले भने कोरोना महामारीका कारण रि सार्वजनिक कार्यक्रममा नदेखिएको बताएको छ । साथै, आफ्ना बालबच्चासँग समय बिताउनका लागि पनि बाहिर नदेखिएको बताइएको छ ।
उत्तर कोरियाका अधिकारीहरुले अहिलेसम्म देशभित्र कोरोना भाइरस संक्रमण कसैलाई पनि नदेखिएको दावी गर्दै आएका छन् । तर विज्ञहरुले भने यसलाई असम्भव भनेका छन् ।
सम्बन्धित खबर
कीर्तिमानी धावक फौजा सिंहको ११४ वर्षको उमेरमा निधन
अमेरिकामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पले गरे १४ देशको सामानमा करको घोषणा
अमेरिकाको टेक्सासमा बाढीले १३ जनाको मृत्यु
पोर्चुगिज फुटबल खेलाडी लिभरपुल फरवार्ड जोटाको कार दुर्घटनामा मृत्यु
भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ