पोखरा सराङकोटमा ड्युटीमा खटिएका प्रहरी जवानको तेश्रो तलाबाट खसेर मृत्यु

पोखरा सराङकोटमा ड्युटीमा खटिएका प्रहरी जवानको तेश्रो तलाबाट खसेर मृत्यु

police death

पोखरा सराङ्कोटमा ड्युटीमा खटिएका प्रहरीको लडेर ज्यान गएको छ । पोखरा वडा नम्बर १८ सराङ्कोट वडा कार्यालय भवनसँगै रहेको तेश्रो तलामा रहेका प्रहरी जवान ३२ बर्षिय ठग बहादुर आलेको अस्पताल लैजानु अगावै मृत्यु भएको जनाइएको छ ।

गोरखा जिल्ला घर भएका आले करिब एक वर्ष अगाडि देखि सराङ्कोटमा थिए । उनी लडेपछि साथीहरुले उद्धार गरी उपचारका लागि मनिपाल अस्पताल लगेकोमा डाक्टरले मृत्यु भइसकेको घोषणा गरेका हुन् ।

प्रहरी भवन नहुँदा जवानहरु वडा कार्यालयमा बसदै आएका छन् । मंगलबार बिहान ३ देखि ६ बजेको बिचमा खसेको अनुमान गरिएको छ । कस्की प्रहरीका अनुसार मृतक आलेले मद्यपान गरेका थिएनन् । रातको समयमा निद्राले खसेको हुनसक्ने प्रहरीको आशंका छ ।

आलेको शव पोस्टमार्टमको लागि पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने कास्की प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ