कोरोना संक्रमणका कारण पोखरामा एक महिलाको मृत्यु पुष्टि, कास्कीमा मृतक संख्या ११३ पुग्यो

कोरोना संक्रमणका कारण पोखरामा एक महिलाको मृत्यु पुष्टि, कास्कीमा मृतक संख्या ११३ पुग्यो

death-by-corona

सांकेतिक तस्विर

पोखरा – कोरोना संक्रमणका कारण कास्कीमा आज एक महिलाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं -१३ निवासी ७१ वर्षीया महिला रहेकी छन् ।

गत माघ २६ गते कोरोना संक्रमण देखिएर उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएकी उनको मंगलबार साँझ ७:४० बजेको समयमा मृत्यु हो । मृतक महिला मृगौला र सुगरको विरामी रहेको अस्पतालले जनाएको छ

यो संगै, कास्कीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ, भने गण्डकीमा मृतकको संख्या २०४ पुगेको छ ।  

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ