तनहुँबाट बेपत्ता किशोर दश दिनपछि पोखरामा फेला

तनहुँबाट बेपत्ता किशोर दश दिनपछि पोखरामा फेला

Ishwor-Chhetri

तनहुँ व्यास नगरपालिका–४ सिमलटार बस्ने १७ वर्षीय ईश्वर क्षेत्री दश दिनपछि फेला परेका छन् । गत माघ २६ गतेदेखि बेपत्ता भएका उनी बुधबार पोखरामा फेला परेका हुन् ।

क्याम्पस जान घरबाट हिँडेका उनी क्याम्पस नगइ बेपत्ता भएका थिए । सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेपत्ता भएपछि दाजु सन्तोषले प्रहरीमा उजूरी दिएका थिए ।

वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले पोखरामा फेला परेपछि ईश्वरलाई घर ल्याइएको जानकारी दिए ।

ईश्वरका दाजु सन्तोषले बेपत्ता भाइ फेला परेकामा खुशी व्यक्त गर्दै रासससँग भने, “भाइले पोखरामा दाइहरुसँग गएर बसेको थिएँ भनेको छ, अरु कुरा खासै सोधेको छैन । भाइ भेटियो खुशी छौ ।”

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ