पोखरा – बिहीबार पोखराका १९ सहित गण्डकीमा थप २२ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका ४ जिल्ला कास्की, लमजुङ, नवलपुर र बाग्लुङ जिल्लाका १५८ जनामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरका १९ जना, लमजुरङका २ जना र नवलपुरका १ जना गरी थप २२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ८ सय ८५ पुगेको छ । जसमा २६२ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २४ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ४ सय १८ पुगेको छ ।
बिहीबार पनि गण्डकीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु पुष्टि भएको छ । मृतक पोखरा महानगरपालिका वडा नं -११ निवासी ७१ वर्षीय पुरुष रहेका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०५ पुगेको निर्देशनालयले जनाएको छ ।