पोखरा – शुक्रबार पोखराका १५ सहित गण्डकीमा थप १६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका चार जिल्ला कास्की, लमजुङ, नवलपुर र बाग्लुङका ९४ जनामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरका १५ जना र बाग्लुङ जिल्लाका १ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ९ सय एक पुगेको छ । जसमा २५८ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २० जना कोरोनामुक्त भएका छन् । यो संगै, गण्डकीमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ४ सय ३८ पुगेको छ, भने संक्रमणकै कारण गण्डकीमा २०५ जनाले ज्यान गुमाईसकेका छन् ।