पोखरा – कास्की प्रहरीले अवैध लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण व्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका -१८ खपौंदीबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ पर्नेमा खोटाङ जिल्ला वाकाचो -९ स्थायी घर भई हाल खपौंदीमा बस्दै आएका ३६ वर्षीय वीरबहादुर तामाङ र पोखरा -१७ घारीपाटन बस्ने २९ वर्षीय अरुण तामाङ रहेका छन् ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा लागु औषधसहित पक्राउ परेका उनीहरुको साथबाट डाईजेपाम १८ एम्पुल, फेनेरागन २४ एम्पुल, नुर्फिन ३१ एम्पुल गरी जम्मा ७३ एम्पुल सहित दुई थान मोवाइल बरामद गरिएको छ ।
यस्तै पोखराको भैरवटोलबाट लागु औषध सहित अर्का एक युवक पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका -२ भैरवटोल बस्ने २४ वर्षीय मुक्तान शर्माको साथबाट लागु औषध नाइट्रोभ्याट २११ ट्याब्लेट वरामद गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरु माथि लागु औषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान कार्य अगाडी बढाईएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन
भानु जयन्तीका अवसरमा कार्यक्रम
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने
राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षारोपण र गोडमेल
विश्वभरका नेपाली युवा उद्यमी जोड्दै फिने, गण्डकीको संयोजकमा कृष्ण आचार्य
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा