प्रधानमन्त्री केपी ओलीले आफ्नो दलको आन्तरिक द्वन्द्वबाट उम्किँदै पद जोगाउन संसद विघटन गरिदिए र वैशाखमा चुनाव घोषणा गरे । त्यसपछि चुनावको पक्षमा माहोल बनाउन देशका मुख्य शहरहरुमा सभा गर्न थाले ।
तर मंगलबार सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि ओली समूहका आगामी कार्यक्रम स्थगित भएका छन् । स्थायी कमिटी बैठकले गर्ने निर्णयअनुसार आगामी कार्यक्रम तय गरिने ओली समूहका नेताहरुको भनाई छ ।
प्रतिनिधि सभा विघटन र चुनावको पक्षमा माहोल बनाउन देशका विभिन्न शहरमा जनसभा गर्दै आएको ओली समूहले फागुन १४ गते सुर्खेतमा र १५ गते पोखरामा वृहत् जनसभा गर्ने कार्यक्रम थियो । ओली पक्षीय नेकपाले सुर्खेत र पोखरामा गर्ने जनसभा स्थगित भएका छन् । प्रतिनिधि सभा पुनःस्थापना भएसँगै ओली नैतिक रुपमा संकटमा छन् । यस्तो अवस्थामा तामझामका साथ विभिन्न जिल्ला र सहरमा गर्न लागिएका सभाहरु स्थगित गर्न थालिएको हो ।
पोखरामा फागुन १५ गते हुने जनसभाका लागि सबै तयारी स्थगित गरिएको ओली समूहका नेकपा गण्डकीका एक नेताले बताएका छन् । पोखरामा हुने १५ गतेको जनसभामा १ लाख २० हजार कार्यकर्ता उतार्ने तयारीका साथ पार्टीले विभिन्न उमिति उपसमिति बनाएको थियो । पार्टी कार्यकर्तादेखि युवाहरु, विद्यार्थीहरुलाइ पनि परिचालन गरेको थियो । मोटरसाइकल र्याली र मार्चपासको तयारी पनि भएको थियो ।
यस्तै, सुर्खेतमा हुने फागुन १४ गतेको जनसभा पनि स्थगित भएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु