४ लाख ३० हजार जनाले लगाए कोरोना खोप, गण्डकीमा ३० हजारले लगाए, कास्कीमा मात्रै १० हजार

४ लाख ३० हजार जनाले लगाए कोरोना खोप, गण्डकीमा ३० हजारले लगाए, कास्कीमा मात्रै १० हजार

khop

नेपालमा ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत १ लाख ८५ हजार ८६५ जना स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शववाहन चालकले खोप लगाएका छन् ।

त्यसपछि माघ २६ देखि ३० गतेसम्म कुटनीतिक नियोगका कर्मचारी र पत्रकार गरी ३ हजार ४८० जनाले खोप लगाए । फागुन २ देखि १० गतेसम्म नापी, जिल्ला प्रशासन कार्यालयलगायतमा काम गर्ने निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी गरी २ लाख ४० हजार ३६० जनाले खोप लगाएका स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले फागुन १० गतेसम्म नेपालको कुल जनसंख्याको १.४ प्रतिशतले खोप लगाइसकेको बताए ।

गण्डकीमा ३० हजारले लगाए, कास्कीमा मात्रै १० हजार

गण्डकी प्रदेशका ११ जिल्लामा ३० हजार बढीले खोप लगाए । २६ हजारलाई दिने लक्ष्य राखिएकोमा कूल ३० हजार ४ सय ३८ जनाले खोप लगाएका हुन् । कास्की जिल्लामा मात्रै १० हजार १ सय ६७ जनाले खोप लगाएका छन् ।

हेर्नुहोस् पूर्ण विवरण

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ