संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन समक्ष अमेरिकाका लागि नेपालका राजदूत डा। युवराज खतिवडाले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छ् । कोरोना भाइरस सङ्क्रमणका कारण पत्राचारमार्फत ओहोदाको प्रमाणपत्र बुझाइएको हो ।
नवनियुक्त राजदूत खतिवडाले बुझाएको ओहोदाको प्रमाणपत्र राष्ट्रपति बाइडेनले स्वीकृत गर्दै उनलाई अमेरिकामा कूटनीतिक व्यक्तिका रूपमा स्वागत गरे । साथै राष्ट्रपति बाइडेनले आफ्नो सरकार दुई देशको सम्बन्ध थप बलियो बनाउन र साझा कार्यसूचीमा एक साथ काम गर्न इच्छुक रहेको बताएका छन् ।
ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा राजदूत खतिवडाले नेपालका प्रधानमन्त्री तथा नेपाली जनताको तर्फबाट राष्ट्रपति बाइडेनको सफल कार्यकाल, सुख र स्वास्थ्यको कामना गर्नुका साथै अमेरिका र त्यहाँको जनताको समृद्धिका लागि शुभकामना व्यक्त गरेका थिए ।
साथै उनले राष्ट्रपतिले व्यक्त गरेको शुभेच्छा र न्यानो स्वागतका लागि धन्यवाद प्रकट गरे । राजदूत खतिवडाले नेपालको समग्र विकासमा अमेरिकी सरकारले गरिरहेको सहयोगको सराहना गर्दै आगामी दिनमा बहुपक्षीय क्षेत्रमा सम्बन्ध विस्तार गरेर दुई देशबीच गहिरो र फराकिलो सम्बन्ध बनाउन सहकार्य गर्ने चाहना व्यक्त गरेको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’