एक कारले ८ वटा मोटरसाइकल र भ्यानलाई ठक्कर दियो, तीन घाइते

एक कारले ८ वटा मोटरसाइकल र भ्यानलाई ठक्कर दियो, तीन घाइते

kirtipur

एउटा कारले दुई वटा स्कुटर, छ वटा मोटरसाइकल र एक भ्यानलाई ठक्कर दिएको छ । काठमाडौंको कीर्तिपुरमा शुक्रवार (आज) राती करिब ८:३० बजे कीर्तिपुरको नयाँ बजारमा सो सडक दुर्घटना भएको हो ।

प्रहरीका अनुसार एकतर्फी (वन वे) सडकबाट आएको कारले सो सडकमा चल्दै गरेका दुई पाङ्ग्रे आठ वटा सवारी साधन र एक भ्यानलाई ठक्कर दिएको हो ।

सो सडक दुर्घटनामा परी तीन जना घाइते भएको छ । घाइतेको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा कारले ठक्कर दिएपछि भ्यान पल्टिएको छ भने दुई स्कुटरसमेत सडक किनारमा पल्टिएका छन् ।

प्रहरीले कार चालकलाई कलङ्कीबाट पक्राउ गरेको छ । दुर्घटनापछि चालक भागेका थिए । प्रहरीले चालकले मादक पदार्थ सेवन (मापसे) गरी कार चलाएको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds