अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने लमजुङ बेशीशहरका सुजन परियार पक्राउ

अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने लमजुङ बेशीशहरका सुजन परियार पक्राउ

piracy

काठमाडौं – अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ बेशीशहर नगरपालिका-२ बस्ने २५ वर्षीय सुजन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

थ्री सिक्टी वान डिग्री मिडिया प्रालिले सिनेमाघर एपको माध्यामबाट वितरण गरेका नेपाली कथानक चलचित्रहरु अपरिचित व्यक्तिले ईन्टरनेटको माध्यमबाट अनाधिकृत रुपमा सामाजिक संजाल यूट्युव टेलीग्राममा अपलोड गरी बजारमा बिक्री वितरण र प्रकाशन गरेको भन्ने उजुरीको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा सुजनलाई पक्राउ गरेको हो ।

सुजन उपर प्रतिलिपी अधिकार ऐन अन्तर्गतको कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएकोमा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ