चीनले फेरि थप्यो नेपाललाई दिने खोपको मात्रा

चीनले फेरि थप्यो नेपाललाई दिने खोपको मात्रा

corona vaccine

चीनले नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धको खोपको मात्रा थपेको छ । नेपालका लागि चिनियाँ राजदूतले सोमबार ट्वीट गर्दै नेपाललाई दिने खोपको मात्रा बढाएर आठ लाख पु-याएको जानकारी दिएकी छन् ।

यसभन्दा पहिला चीनले ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको थियो । चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको खोप अनुदानमा दिने भएको हो । उक्त खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाइसकेकोे छ।

नेपालले पहिलो चरणमा भारतबाट आएको कोभिशिल्ड खोप प्रयोग गरेको थियो । भारतले नेपाललाई १० डोज खोप अनुदानमा दिएको थियो भने नेपाल सरकारले थप १० लाख डोज खोप खरिद गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds