कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका कामदारलाई छिट्टै कोरिया पठाउने

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका कामदारलाई छिट्टै कोरिया पठाउने

korea

वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले कोरोना संक्रमणपछि श्रम सम्झौता भएपनि रोकिएका कामदार पठाउन सुरु गरिने जनाएको छ ।

कोरियन भाषा परीक्षा उत्तीर्ण गरी कोरिया रोस्टरमा नाम दर्ता भएका, सीसीभीआई लिएका साढे ७ हजार कामदार चाँडै पठाउने विषयमा छलफल र तयारी भइरहेको शाखाले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडान सहज हुँदै गएपछि गत भदौदेखि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा सबै श्रम स्वीकृति गरेको सरकारले बताएको थियो ।

सन् २०१९ देखि कोरियन भाषा उत्तीर्ण गरेका कामदार जान पाएका छैनन् । कोरोनाका कारण प्रक्रिया पुगेका करिब १० हजार नेपाली कोरिया रोजगारीबाट वञ्चित भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले बताए । कामदारका लागि कोरोना स्वास्थ्य विषय, कामदारको बिमा र कोरियामा कोरोनाबाट सुरक्षित भएर कसरी काम गर्नेलगायतका विषयमा छलफल भइरहेको छ ।सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा गत वर्षको फागुनको अन्तिम सातादेखि नै श्रम स्वीकृति जारी गर्न बन्द गरेको थियो । कोरियन भाषा र सीप परीक्षा उत्तीर्ण गरे पनि कोरोना महामारीका कारण कोरिया जान नपाएका करिब १० हजारको रोजगारी अन्योल बनेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ