सांसदहरूलाई कोरोनाविरुद्ध खोप लगाउन शुरू

सांसदहरूलाई कोरोनाविरुद्ध खोप लगाउन शुरू

parchanda

 फागुन २३ देखि शुरू हुने संघीय संसद अधिवेशनको लागि सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिएको छ ।

सभामुख र राष्ट्रियसभा अध्यक्षसहित सबै सांसदहरूलाई आजदेखि सिभिल अस्पतालमा खोप लगाउन थालिएको हो । सभामुख अग्नि सापकोटा, प्रचण्ड-माधव पक्षका नेकपाका अध्यक्ष प्रचण्डलगायतले खोप लगाइसकेका छन् ।

खोप लगाएर मात्र संसद भवनमा छिर्न दिइने भएकाले सबै सांसद, संसद सचिवालयका कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक र संसदीय मामिला सम्बन्धी पत्रकाहरूलाई खोप लगाउने व्यवस्था सचिवालयले मिलाएको छ ।

आज सांसदहरूले खोप लगाउनेछन् भने अन्यको हकमा बिहीबार र शुक्रबारलाई तोकिएको सचिवालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ