Gandak News
Our News Your Views
Promote your business here Gandaknews

अब नेपालमा पनि अवैध मोबाइल बन्द

जेठ महिनादेखि नेपालमा अवैध मोबाइल बन्द गर्ने अध्यक्ष पुरूषोत्तम खनालले बताएका छन्।

आज प्राधिकरणको २३औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खनालले यस्तो बताएका हुन्। उनका अनुसार यसका लागि प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम–एमडीएमएस जडानको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।

प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन विगत साढे चार वर्षदेखि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

आईएमईआई दर्तालाई प्राथामिकता दिएको प्राधिकरणले अब दर्ता नभएको मोबाइल बन्द गर्ने कार्य केही महिनामै सुरु गर्ने भएको खनालको भनाइ छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस