स्वचालित मूल्य प्रणालीअनुसार २ हप्तामै इन्धनको मूल्य बढेपछि हवाई सेवाप्रदायक कम्पनीहरूले हवाई टिकटको मूल्य पनि बढाएका छन् । शुक्रवार (आज) देखि लागू हुने विभिन्न सेक्टरमा न्यूनतम रू ३५ देखि अधिकतम रू २२० सम्म भाडा बढेको छ ।
नेपाल आयल निगमले यही फागुन ४ गते हवाई इन्धनको मूल्य रू ६७ पुर्याउँदा हवाई भाडा समायोजन गरेको वायु सेवा सञ्चालक संघले बिहीवार नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
इन्धनको मूल्य बढेसँगै फागुन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर रू ७२ पुगेको छ । हवाई शुल्क यात्रुहरूले तिर्ने कुल रकमबाट नै असुलिन्छ । संघले प्रतिलिटर रू ५ ले बढेकाले स्वचालित प्रणालीअनुसार नै फ्युल चार्ज पनि घटबढ हुने उल्लेख गरेको छ ।
यससँगै सबैभन्दा बढी वृद्धि हुनेमा काठमाडौं–धनगढी सेक्टर रहेको छ । यस सेक्टरको नयाँ सरचार्ज रू २२० ले वृद्धि भई रू ३ हजार १८० कायम भएको छ भने काठमाडौं–माउन्टेन सेक्टरको सरचार्ज रू १७० ले बढेर रू २ हजार ४७० पुगेको छ ।
सबैभन्दा कम भने डोटी–साँफेबगर सेक्टरको रहेको छ । यस सेक्टरमा सरचार्ज रू २० ले बढेर रू ३०० पुगेको छ । अधिकांश सेक्टरको सरचार्ज रू ४० देखि रू ६० ले बढेको संघको जारी सूचनामा उल्लेख गरिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
सम्बन्धित खबर
विपक्षीसँगै उठे रास्वपाका अमरेश सिंह, भने- देश ठूलो दुर्घटनातिर जाँदै छ
‘सरकारमा बस्नेले आफ्ना कार्यकर्ता लगाएर सञ्चारमाध्यमका कार्यालय अगाडि अवैधानिक पार्किङ गरायो’
‘प्रधानमन्त्री मेयर हुँदा सिंहदरबार जलाइदिन्छु भन्नुभयो जल्यो, भोलि सीमा मिचिने त होइन ?’
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर
बाढीपहिराले आठ राजमार्ग अवरुद्ध
मिडिया गेटमा गाडी तेर्साएर अवरोध प्रकरणमा रविले भने- दोषी आफ्नै कार्यकर्ता परे पनि छाड्दैनौं
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन