टुरिष्ट रोडमा आज ओसिस थापाको प्रस्तुति

टुरिष्ट रोडमा आज ओसिस थापाको प्रस्तुति

oshishh

आज शुक्रबार गायक ओसिस थापाले पहिलो पटक पोखरामा प्रस्तुति दिँदैछन् । पोखरा नर्थ लेकसाइड स्थित खपौदीमा रहेको द टुरिष्ट रोड विष्ट्रोमा आज (मार्च ५ तारिख) मा उनले आफ्नो सांगितिक प्रस्तुति राख्दैछन् ।

पछिल्लो समय युवाहरुले अत्याधिक रुचाएका रहेका गायक थापा युट्युव र टिकटकमा चर्चित छन् । संचालक अर्जुन सुवेदीका अनुसार निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

साँझ ६ देखि १० हुने कार्यक्रमको सुरुवातमा पोखराको व्याण्ड क्रेजी व्रदर्सले प्रस्तुतिराख्नेछ । कार्यक्रमको मुख्य प्रयोजक टुवोर्ग, सह प्रयोजकमा क्यान्भास रहेका छन् ।

नर्थ लेकसाइडमा रहेको टुरिष्ट रोडले ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ