सर्वसाधारणको हितलाई लक्षित गर्दै नेलम्बो नेपालद्वारा कास्कीको रुपा गाउँपालिकामा सप्ताहव्यापी ‘मुख स्वास्थ्य तथा दन्त शिविर’ आयोजना गरिएको छ ।
आइतबारदेखि शुरु भएको शिविरमा डा रोशन केसीको नेतृत्वमा डेन्टल हाइजेनिष्ट स्नेहा खड्का, क्लिनर विजय थापा मगर सहित छ जनाको टोली रहेको छ । शिविरको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष नवराज ओझाले ‘रुपाको पहिचान सबै क्षेत्रमा समृद्घिको अभियान’ नाराका साथ गाउँपालिका अघि बढिरहेको उललेख गर्दै नेलम्बो नेपालप्रति आभार व्यक्त गरे ।
अध्यक्ष ओझाले मुखको सरसफाइमा ध्यान नदिए क्यान्सरसमेत हुनसक्नेतर्फ सचेत गराउँदै शिविरबाट अधिकतम लाभ लिन सर्वसाधारणलाई आग्रह गरे । गाउँपालिकाले स्वास्थ्यलाई महत्व दिई सबै वडामा चौकी स्थापना गरेको उनले जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले शिविरबाट विपन्न समुदायले फाइदा लिनुपर्ने उल्लेख गर्दै दातको उपचार महँगो भएकाले विपन्न समुदायको पहुँचमा नरहेको बताए।
नेलम्बोमा अध्यक्ष एकदेव देवकोटाले सक्रिय सहभागिता हुने ठाँउमा संस्थाले सहयोग गर्दै आएको स्पष्ट पारे । कार्यक्रममा वडा नं ६ का अध्यक्ष नारायण गुरुङ, नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीलगायतले मुख स्वास्थ्य तथा दातको उपचार सेवाको आवश्यकता औँल्याए । शिविरको पहिलो दिन आइतबार २२ जनाले उपचार गराएका छन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’