विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २६ लाख नाघ्यो

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २६ लाख नाघ्यो

corona death india

reuters image

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ७३६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २६ लाख ५ हजार ३४७ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ३७ हजार ८३८ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ५० हजार ७९ जना, भारतमा १ लाख ५७ हजार ८९० जना, रूसमा ८९ हजार ९४ जना, बेलायतमा १ लाख २४ हजार ५०१ जना, फ्रान्समा ८८ हजार ५७४ जना, इटालीमा ९९ हजार ७८५ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ७२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ७४ लाख ४९ हजार ६७५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ९ करोड २९ लाख ६४ हजारभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ९८ हजार ३८५ जना निको भएका छन् ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १८ लाख ८० हजार १९१ छ । यसमध्ये ८९ हजार ४९५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds