आगामी चैत अन्तिम साता पोखरामा पहिलो पटक मुआथाइ राष्ट्रिय च्याम्पियनसीप र अन्तरराष्ट्रिय सेमिनार हुने भएको छ । नेपाल मुआथाइ सङ्घ गण्डकी प्रदेश र कास्की शाखाको आयोजनामा आगामी चैत २४ देखि ३१ गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने सङ्घले आज यहाँ आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
मुआथाइ खेलका माध्यमबाट युवालाई खेलकूदतर्फ आकर्षित गर्ने तथा क्षमतावान् खेलाडी उत्पादनको लक्ष्यसहित प्रतियोगिता र सेमिनार आयोजना गरिने नेपाल मुआथाइ सङ्घका केन्द्रीय महासचिव सुदीप पण्डितले जानकारी दिए ।
सेमिनारमा अन्तरराष्ट्रिय मुआथाइ महासङ्घका प्रतिनिधि एवं प्रशिक्षकबाट नेपालका मुआथाइ खेलाडी तथा अफिसियललाई प्रशिक्षण एवं रेफ्री कोर्षबारे प्रशिक्षण दिनेछ ।
प्रशिक्षणका लागि थाईल्याण्डबाट मुआथाइका अन्तरराष्ट्रिय निर्णायक आउने जनाइएको छ । चैत २४ देखि २८ गतेसम्म सेमिनार तथा चैत २९ देखि ३१ गतेसम्म अन्तरराष्ट्रिय मुआथाइ महासङ्घको नियममा रहेर प्रतियोगिता सञ्चालन हुने बताए ।
राष्ट्रिय मुआथाई च्याम्पियनसीपमा देशका सातै प्रदेशका २१ जिल्लाबाट प्रशिक्षक, निर्णायक र खेलाडी गरी ४०० जनाको सहभागिता रहने छ ।
प्रतियोगितामा खेलाडीले ४५ केजीदेखि ९१ केजी तौलसम्म विभिन्न सात वटा तौल समूहमा प्रतिस्पर्धा गर्ने नेपाल सङ्घका केन्द्रीय उपाध्यक्ष एवं मुख्य प्रशिक्षक दीपकबहादुर गोदारले जानकारी दिए ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्यसमेत रहनुभएका सङ्घका कोषाध्यक्ष सम्पन्न श्रेष्ठले अन्तर्राष्ट्रिय सेमिनारका माध्यामबाट नेपालका लागि मुआथाइको अन्तरराष्ट्रिय मान्यता प्राप्त उत्कृष्ट प्रशिक्षक तथा निर्णायक उत्पादनमा सघाउ पुग्ने बताए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ