कोरोना विरुद्धको खोप अभियान स्थगित

कोरोना विरुद्धको खोप अभियान स्थगित

vaccine

थाईल्यान्डमा कोराना विरुद्धमा लगाएको खोप अभियान शुक्रबार स्थगित भएको छ । रगत जम्ने खतरा देखिएको भन्दै अभियान स्थगित गर्एिको हो ।

त्यस्तै केही युरोपेली मुलुकले पनि खोप लगाउन स्थगित गरेको छ । विश्वका धेरै स्वास्थ्य निकायहरुले कोभिड खोपमा कुनै समस्या नरहेको दाबी गरे पनि खोप अभियान स्थगित गर्न थालिएका छन् ।

उता अमेरिकी राष्ट्रपति जो बाइडेनले खोप र अन्य सचेतना बढाइएको भन्दै कोभिडको त्रासबाट अमेरिकीलाई निराश नहुन आह्वान गर्दै गर्दा यता थाईल्यान्डले खोप अभियान स्थगित गरेको हो ।

अमेरिकामा अहिले खोप अभियान तिब्र रुपमा अघि बढेको छ। कोभिडलाई परास्त गर्न खोप एकमात्र भरपर्दो साधन वैज्ञानिकहरुले रहेको बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds