इटलीमा कोरोनाको जोखिम बढ्यो, फेरि रेष्टुरेन्ट र विद्यालय बन्द गरिँदै

इटलीमा कोरोनाको जोखिम बढ्यो, फेरि रेष्टुरेन्ट र विद्यालय बन्द गरिँदै

Lockdown

इटलीमा पर्सिदेखि धेरैजसो क्षेत्रका पसल, रेष्टुरेन्ट र विद्यालयहरु बन्द हुने भएका छन् ।  कोरोना भाइरस सङ्क्रमणको जोखिम फेरि बढ्दै गएपछि इटलीमा प्रतिबन्धात्मक नियम लागू गरिने भएको हो ।

प्रधानमन्त्री मारिओ द्राघीले महामारीको चेतावनीपछि पर्सिदेखि विद्यालय, रेस्टुरेन्ट तथा पसलहरु बन्द गर्न लागिएको बीबीसीले जनाएको छ । त्यहाँको पर्व इस्टरका बेला इटलीमा अप्रिल ३ देखि ५ सम्म पूर्णरुपमा बन्द हुने छ ।

इटालीमा कोरोनाको सङ्क्रमण तीव्र रुपमा बढिरहेको छ । अहिलेसम्म इटलीमा एक लाखभन्दा धेरै कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ । झण्डै ३२ लाख मानिस सङ्क्रमित छन् ।

कोरोना भाइरसविरुद्धको खोप अभियानसमेत प्रभावित भइरहेको छ । इटलीले अक्सफोर्ड(एस्ट्राजेनेकाले विकास गरेको खोप अभियानसमेत स्थगित गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds