विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को असर न्यून हुँदै गएको बेला पोखराको एक क्याम्पसका विद्यार्थी भने नराम्ररी प्रभावित भएका छन् । पोखराको लामाचौर स्थित ईञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसको पुरुष छात्रावासमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ ।
कोभिडको आशंकामा स्वाब परीक्षण गराएका एक विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा रहेका अन्य साथीहरुको पनि स्वाब परीक्षण गरिएको थियो । कूल १८ जनाको स्वाब टेस्ट गरिएकोमध्ये ८ जनामा संक्रमण पुष्टि भइसकेको छ । अन्य विद्यार्थीहरुमा पनि लक्षण देखिएको बताइन्छ ।
चैत पहिलो साताको परीक्षा प्रभावित
यसैबीच, त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थान, परीक्षा नियन्त्रण महाशाखाले चैत ३ गते सोमबारदेखि स्नातक तह सबै वर्षका दोस्रो खण्डको नियमित तथा पुनः परीक्षा सञ्चालन गरेको छ । विद्यार्थीहरुको निवेदन पत्र अनुसार पश्चिमाञ्चल क्याम्पसको छात्रावासमा रहेका आठ जना विद्यार्थीमा कोरोना संक्रमण र अन्यलाई पनि लक्षण देखिएको हुँदा परीक्षा महाशाखाले पश्चिमाञ्चल क्याम्पसको हकमा हाललाई परीक्षा स्थगित गरेको जनाएको छ ।
महाशाखाले चैत ३ देखि ८ गतेसम्मको सम्पूर्ण परीक्षा स्थगित गरेको सूचना प्रकाशन गरेको छ । चैत ९ गतेदेखिका परीक्षा भने पूर्व परीक्षा तालिका अनुसार नै सञ्चालन गरिने पनि प्रस्ट पारिएको छ । स्थगित परीक्षा सम्बन्धमा अर्को सूचना प्रकाशित गरिने पनि विज्ञप्तिमा जनाइएको छ ।

परीक्षा स्थगन गर्न विद्यार्थीको माग
यसअघि, क्याम्पसका विद्यार्थीहरुले संस्थागत रुपमा विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको डरलाग्दो अवस्थामा विद्यार्थीहरुले परीक्षा दिन नसक्ने हुँदा स्थगन गर्न आग्रह गरेका थिए ।
अनेरास्ववियू क्रान्तिकारीका क्याम्पस कमिटि अध्यक्ष अंकित पौडेल, अनेरास्ववियूका अध्यक्ष भवसागर रानाभाट र नेवि संघका सभापति शंकर रिजालले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका थिए ‘यस क्याम्पस कोरोनाको हटस्पट बनिसकेको देखिन्छ । यस स्थितिमा विद्यार्थीलाई परीक्षा दिन असहज परिस्थिति बनेको छ । तसर्थ कोरोनाको जोखिम र विद्यार्थीहरुमा परेको मानसिक असरलाई मध्यनजर गर्दै यस पश्चिमाञ्चल क्याम्पसमा परीक्षा दिन सक्ने वातावरण नरहेको कुरा प्रष्ट पार्दै कोरोनाको जोखिमलाई व्यवस्थापन गर्नका हेतु कम्तिमा दुई हप्ताको लागि परीक्षा सारिदिनहुन अनुरोध गर्दछौं ।’

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्