प्रिन्सले आयुषालाई सोधेः ‘पढ्छौ र कति किलासमा ?’ (भिडियोसहित)

प्रिन्सले आयुषालाई सोधेः ‘पढ्छौ र कति किलासमा ?’ (भिडियोसहित)

pani gilasmaa

एक महिना अघि भाइरल जोडी कलौटे र मुसीसहित उनका छोराहरुका लागि अग्रज सर्जक बि.बि. अनुरागीले गीत तयार पारे । भिडियोसहित सार्वजनिक उक्त गीत ‘जोडी परेवा’ ले अहिलेसम्म आधा करोड भ्यूज बटुलिसकेको छ ।

उनै अनुरागीले अहिले भाइरल बालकलाकार प्रिन्स लम्साल र आयुषा गौतमका लागि अर्को गीत तयार पारिदिएका छन् । ‘पानी गिलास’ मा बोलको यो गीत आजै सार्वजनिक भएको छ ।

दिपिका बयम्वुसँग दिदी भाइ बनेर ‘चल्यो बतास’ भाकामा गाएको प्रिन्सको गीत भाइरल भएपछि उनको माग अहिले ह्वात्तै बढेको छ । तर प्रिन्स केही वर्षदेखि नै चर्चित छन् । विभिन्न मेला महोत्सवमा उनको माग छ । फेरि दोहोरीका कारण उनी चर्चामा रहेका हुन् । अहिले उनको गीत रेकर्ड हुन थालेको छ भने विभिन्न मिडियामा आमन्त्रण हुँदा भ्याईनभ्याई छ ।

पानी गिलास बोलको यो गीतको शब्द र लय सर्जक बिबि अनुरागीकै हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ