कोरोना महामारी तेश्रो लहरको मार, फ्रान्समा पुनः लकडाउन घोषणा

कोरोना महामारी तेश्रो लहरको मार, फ्रान्समा पुनः लकडाउन घोषणा

Lockdown

एजेन्सी । फ्रान्समा कोरोना महामारीको तेश्रो लहर सुरु भएपछि एक महिनाका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

फ्रान्सका प्रधानमन्त्री जीन कैस्टेक्सले फ्रान्सका कोरोना महामारीको तेश्रो लहरका कारण संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि आज रातीदेखि लागु हुने गरी एक महिनाका लागि लकडाउन गर्ने घोषणा गरिएको बताएको छ ।

जसअन्तर्गत राजधानी पेरिसलगायत अन्य १५ शहरमा कडा रुपमा लकडाउन हुने र तोकिएका शहरहरुको कुनै रेष्टुराँ, जीम हल, सिनेमा हल खुल्ने छैनन् भने फ्रान्सका नागरिक अर्को देशमा जान पाइने छैन ।

फ्रान्सका एकैदिन ३५ हजार संक्रमित थपिएपछि फ्रान्स सरकार लकडाउन गर्न बाध्य भएको हो ।

फ्रान्सका स्वास्थ्यमन्त्री ओलिविर वेरनले फ्रान्समा कोरोना संक्रमितमध्ये एकैदिन १५ सय जना गम्भीर बिरामी परेका कारण आइसियुमा उपचार भइरहेको जानकारी दिनुभयो ।कोरोनाको तेश्रो लहर सुरु भएपछि युरोपका कतिपय राष्ट्रहरुले लकडाउनका घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ